Breaking News

टि–२० विश्वकपः ओमानको विजयी सुरुवात, पीएनजी १० विकेटले पराजित

Banner

काठमाडौँ, असोज ३१–

पुरुष टी–२० विश्वकप क्रिकेट आजदेखि सुरु भएको छ। कोरोना महामारीका कारण २०२० मा हुन नसकेको यो प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा सुरु भएको हो ।

विश्वकपको उद्घाटन खेलमा घरेलु टोली ओमानले शानदार जित हात पारेको छ । पपुवा न्यूगिनी (पीएनजी)लाई १० विकेटले पराजित गर्दै ओमानले विश्वकपमा विजयी सुरुवात गरेको हो । पीएनजीले दिएको १३० रनको लक्ष्य पछ्याएको ओमानले १३.४ ओभरमा बिना कुनै विकेट १३१ रन बनाउँदै जित हात पार्‍यो । ओपनर जितन्दर सिंहले छक्का प्रहार गर्दै टिमलाई जित दिलाए । उनी ७३ रनमा अविजित रहे । ४२ बल खेलेका जितन्दरले ४ छक्का र ७ चौका प्रहार गरे । यस्तै अकिब इल्यासले ५० रनको अर्धशतकिय पारी खेले । ४३ बल खेलेका अकिबले ५ चौका र एक छक्का प्रहार गरे ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको पीनएजीले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १२९ रन जोडेका थिए । पीएनजीका लागि कप्तान अशाद भालाले सर्वाधिक ५६ रनको अर्धशतकीय पारी खेले । चार्लेस अमिनीले ३७ रन बनाए । अन्य व्याट्सम्यानले उल्लेखीय प्रदर्शन गर्न सकेनन् । पीएनजीको सुरुवात राम्रो थिएन । उसले खाता नखोल्दै २ विकेट गुमाएको थियो । पीएनजीको पारी भाला र अमिनीले उकासेका थिए । यी दुईले तेस्रो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए ।

ओमानका लागि जसिन मास्कुदले सर्वाधिक ४ विकेट लिए भने विलाल खान र कलिमुल्लाहले समान २÷२ विकेट लिए । खेलमा ४ विकेट लिएका जसिन म्यान अफदि म्याच बने । जितसंगै ओमान समूहको शीर्ष स्थानमा रहेको छ । समूह ‘बी’ ओमानसंगै पीएनजी, बंगलादेश र स्कटल्याण्ड रहेका छन् ।

ओमानमा पहिलो चरणका खेलहरु हुनेछन् । पहिलो चरणमा कुल ८ टिमले प्रतिस्पर्धा गर्नेछ । जसमध्ये ४ टिम सुपर १२ मा प्रवेश गर्नेछ । यो प्रतियोगिता २९ दिनसम्म चल्नेछ र, २८ कात्तिक (१४ नोभेम्बर)मा हुने फाइनलले वल्र्ड च्याम्पियन तय गर्नेछ ।

समूह ए: आयरल्याण्ड, नामिबिया, नेदरल्याण्ड्स र श्रीलंका

समूह बी: बंगलादेश, ओमान, पपुवा न्यूगिनी र स्कटल्याण्ड

सुपर १२ मा पनि दुई समूह हुनेछ । पहिलो समूहमा अष्ट्रेलिया, इंग्ल्याण्ड, दक्षिण अफ्रिका र वेष्ट इण्डिजका साथै समूह एको शीर्ष र समूह बीको दोस्रो टिम हुनेछ भने अर्को समूहमा भारत, पाकिस्तान, न्यूजिल्याण्ड र अफगानिस्तानका साथै समूह एको दोस्रो र समूह बीको शीर्ष टिम थप हुनेछ ।

यो राउण्डको खेल ६ कात्तिक (२३ अक्टोबर)देखि सुरु हुनेछ र २२ कात्तिक (८ नोभेम्बर) सम्म चल्नेछ । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । २४ र २५ कात्तिक (१०÷११ नोभेम्बर)मा सेमिफाइनल खेल हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>