Breaking News

चितवनका पत्रकार द्धारिका नेपालको निधन

Banner

चितवन, असोज २१–

चितवनका पत्रकार द्धारिका नेपालको निधन भएको छ । उनको उपचारको क्रममा आज (आइतबार) विहान काठमाडौंँस्थित ग्राण्डी इन्टरनेशन हस्पिटलमा निधन भएको हो ।

नेपाल पत्रकार महासंघ चितवनका साधारण सदस्य, प्रेस चौतारी नेपाल, बागमती प्रदेश कमिटीका सदस्य समेत रहेका नेपाल लामो समयदेखि चितवनको कालिका एफ.एममा कार्यरत थिए । उनी शिक्षण पेशमा समेत संलग्न थिए । स्वर्गीय नेपालको परिचय पत्रकारिता क्षेत्रमा मात्र नभई साहित्य क्षेत्रमा पनि उत्तिकै छ । उनका थुप्रै कृतिहरु प्रकाशित छन् । उनी हाल गजल मञ्च चितवनका अध्यक्ष थिए ।

स्वर्गीय नेपालको एक छोरा, एक छोरी र श्रीमती छन् । स्वर्गीय नेपाललाई आजै चितवनको भरतपुर–१०, रमाइलो चोकस्थित निवासमा राखेर अन्तिम श्रद्धाञ्जली दिई आजै देवघाटमा अन्त्येष्टि गरिने उनका भाइ रामकान्त पौडेलले जानकारी दिएका छन् ।

यही असोज २५ गते भरतपुरबाट स्थायी घर रौतहटको चन्द्रनिगाहपुर जानेक्रममा बाराको निजगढ नजिकै तामागढी जङ्गलमा पुग्दा बिहान ९ः३० बजे अचानक बेहोस भएर अर्धचेत अबस्थामा पुगेपछी नेपाललाई तत्काल एम्बुलेन्सबाट चितवन मेडिकल कलेजमा ल्याएर उपचार थालिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत असोज २६ गते काठमाडौको ग्राण्डी अस्पतालमा पुर्‍याएर आइसियुमा राखेर उपचार थालिएको थियो । डाक्टरका अनुसार ब्रेन ह्यामरेज भएर नेपालको निधन भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>