Breaking News

नेपाल फाइनलमा भारतसंग पराजित, भारत आठौं पटक बन्यो साफ च्याम्पियन

Banner

काठमाडौँ, असोज ३०–

पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपाल पराजित भएको छ । आज राति सम्पन्न खेलमा भारतसंग नेपाल ३–० ले पराजित भएको हो ।

भारी वर्षा, पहिलो पल्ट फाइनल खेल्नुको तनाव, अनि ‘डगआउट’ मा मुख्य प्रशिक्षकको अनुपस्थितिले नेपाल दोस्रो हाफमा निरीह जस्तै बन्यो । पहिलो हाफको गोलरहित बराबरीपछि दोस्रो हाफमा भारतले एक मिनेटको अन्तरमा दुई गोल गरेको थियो ।

वर्षाबीच चलेको खेलको पहिलो गोल सुनिल क्षेत्रीले ४९ औं मिनेटमा गरे । नजिकको दूरीमा प्राप्त क्रसलाई उनले सजिलै हेडबाट पहिलो गोल गरे । यो भारतका लागि उनको ८० औं गोल रह्यो । पहिलो गोल खाएर सम्हालिन पनि नपाएको नेपालविरुद्ध सुरेश सिंहले ५० औं मिनेटमा दोस्रो गोल थपे र उनले यसका लागि पेनाल्टी एरियाबाट शक्तिशाली प्रहार गरेका थिए ।

यस्तै खेलको ९० औं मिनेटमा सब्टिच्युट साह अल्दुलले तेस्रो गोल गरे । भारतले साफ च्याम्पियनसिपको उपाधि जितेको यो कीर्तिमान आठौं पल्ट हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>