चितवन विशेष

भरतपुरको दीपेन्द्र चोकमा खुल्यो ‘शाःशा ग्रोसरी’

Banner

चितवन, असोज २७–

चितवनको भरतपुर–१०, स्थित दीपेन्द्र चोकमा शाःशा ग्रोसरी संचालनमा आएको छ ।

पूजापाठ गरी समुद्घाटन गरिएसंगै आज (बुधबार)देखि ग्रोसरी संचालनमा आएको हो । ग्रोसरीमा फ्रोजन फुड, सि फुड, डेरी प्रोडक्ट, बेभरेज, स्टेशनरीलगायतका सामग्री पाइने ग्रोसरीकी संचालिका मनिषा प्रधानले जानकारी दिइन् ।

उनले सर्वसुलभ मूल्यमा घरमा अतिआवश्यक सामग्री एकै ठाउँबाट किन्न पाइने भएकाले ग्राहकको रोजाईमा पर्ने विश्वास व्यक्त गरिन् । मनिषालाई दिदी निशा र इशा प्रधानले व्यवसायमा सहयोग गरेका छन् । तीनै दिदीबहिनीको साझा नामबाट शाःशा राखिएको हो । जसको अर्थ नेवारी भाषामा ‘मिठो’ हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>