Breaking News

साफ च्याम्पियनसिपमा नेपाल आज बंगलादेशविरुद्ध खेल्दै

Banner

काठमाडौँ, असोज २७–

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको महत्वपूर्ण खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज बराबरी मात्रै खेलेमा फाइनलमा प्रवेश गर्नेछ ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार साँझ पौने ५ बजेदेखि सुरु हुनेछ । नेपालले साफको इतिहासमा अहिलेसम्म पनि फाइनलमा प्रवेश गर्न सकेको छैन । लगातार दुई खेलमा जित हात पारेपनि भारतविरुद्धको खेलमा पराजित भएपछि नेपालले आजको खेलमा जित या बराबरी खेल्नुको विकल्प छैन । नेपालले आजको खेलमा बंगलादेशसँग कम्तिमा १ अंक लिनुपर्छ र फाइनल स्थान सुरक्षित हुनेछ ।

पाकिस्तान र भुटानको सहभागिता नभएपछि यस संस्करणको साफमा ५ टोलीबीच राउण्ड रोविन लिग प्रणालीमा प्रतियोगिता खेलाइएको छ । लिग चरणमा शीर्ष दुई स्थानमा रहने टोलीले सिधै फाइनल खेल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>