Breaking News

गृहनगर चितवनमा मन्त्री उमा रेग्मीलाई बाजागाजाले स्वागत (फोटो फिचर)

Banner

चितवन, असोज २६–

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीलाई गृहनगर चितवनमा भव्य स्वागत गरिएको छ । मन्त्री भएपछि पहिलोपटक चितवन आइपुगेकी मन्त्री रेग्मीलाई भरतपुर विमानस्थलमा सयौं कार्यकर्ताले स्वागत गरेका थिए ।

रेग्मीको स्वागतमा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, प्रहरी प्रमुख ओम अधिकारी, राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति पार्वती रावल, प्रदेश सांसद मिलनबाबु श्रेष्ठ, पूर्व सांसदहरु, कांग्रेस नेताहरुको उपस्थिति रहेको थियो ।

विमानस्थल परिसरमा मन्त्री रेग्मीलाई बाजागाजाले स्वागत गरिएको थियो । रेग्मी प्रजातन्त्र स्थापनापछि कांगेस चितवनबाट मन्त्री बन्ने पहिलो व्यक्ति हुन् । हाल देउवा सरकारमै चितवनका उमेश श्रेष्ठ राज्यमन्त्री छन् भने यसअघि देउवा सरकारमै शेषनाथ अधिकारी पनि शिक्षा राज्य मन्त्री थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>