Breaking News

प्रचण्डले संसद छोडेर गए हुन्छ भन्नु पराजित मानसिकताको उपजः प्रवक्ता ज्ञवाली

०
Banner

चितवन, असोज २६–

नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले जनताको इच्छाबेगर एमालेलाई संसदबाट कसैलाई हटाउन नसक्ने बताएका छन् ।

भरतपुर विमानस्थलमा आज दिउँसो पत्रकारहरुसंग कुरागर्दै प्रवक्ता ज्ञवालीले एमालेलाई कसैले संसदबाट हट भन्नु पराजित मनस्थितिको उपज मात्रै रहेको टिप्पणी गरे । केहीदिन अघि चितवनबाटै नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लगातार संसद अवरुद्ध गरिरहे संसद छोडेर जान एमालेलाई चेतावनी दिएका थिए । प्रवक्ता ज्ञवालीले सभामुख अग्नि सापकोटाले सार्वजनिक रुपमै गल्ती नस्वीकारेसम्म संसद चल्न नदिने अडान समेत लिए ।

यस्तै प्रवक्ता ज्ञवालीले शेरबहादुर देउवा नेतृत्वको सरकारले जनबिरोधी गतिविधिहरु गरिरहेको आरोप लगाए । सरकार बनेको प्रारम्भमै संविधानका आधारभूत संरचनाहरु भत्काउने काम गरेको भन्दै अहिले जनतामाथि गोली चलाउने काम गरेको बताए । सरकारी जग्गा संरक्षण गर्ने दायित्व सरकारकै भए पनि समस्याको समाधान गोली नभएको बताए ।

उनले यसैबाट पनि सरकार गलत बाटोमा हिडिरहेको टिप्पणी गरे । नेता ज्ञवाली दशैंको अवसरमा आयोजित शुभकामना आदानप्रदानका लागि आज चितवन आएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>