Breaking News

चितवनमा देखिएका महिला, बालबालिका क्षेत्रको समस्या समाधान गर्न प्रयास गर्नेछुः मन्त्री रेग्मी

०
Banner

चितवन, असोज २६–

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले चितवनमा देखिएका महिला, बालबालिका क्षेत्रको समस्या समाधान गर्न प्रयास गर्ने बताएकी छन् ।

गृहनगर चितवन आइपुगेकी मन्त्री रेग्मीले प्रेस युनियन चितवनले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आफ्नो राजनीतिक थलो नै चितवन भएकाले चितवनमा केही नयाँ काम गर्ने प्रयासमा रहेको बताइन् । ‘म देशकै मन्त्री हुँ, तर चितवनका लागि केही विशेष गर्ने योजनामा छु’–मन्त्री रेग्मीले भनिन् ।

यस्तै मन्त्री रेग्मीले जेष्ठ नगरिक तथा अशक्त व्यक्तिहरुलाई घरघरमै भत्ता पु¥याउने व्यवस्था गरिने बताएकी छन् । जेष्ठ नागरिक र अशक्त व्यक्तिहरुलाई भत्ता बुझ्नका लागि बैंकसम्म पुग्न कठिनाइ भइरहेकाले घरघरमै भत्ता पु¥याउने व्यवस्था गर्न लागिएको बताइन् । हुनेखानेलाई बैंकसम्म पुग्न समस्या नभए पनि हुँदा खाने वर्गलाई समस्या हुने भएकाले घरघरमै लगेर भत्ता वितरण गर्नुपर्ने बताइन् । उनले यसका लागि आफू भएर लागि परेको बताइन् ।

यस्तै मन्त्री रेग्मीले महिला हिंसा न्यूनीकरणका लागि आफू प्रतिवद्ध भएर काम गर्ने बताइन् । त्यसका लागि अहिले भएकै कानुनलाई कडाभन्दा कडा रुपमा कार्यान्वयन गराउने र नभए नयाँ कानुन ल्याएरै भएपनि दोषीहरुलाई कारवाहीको भागिदार बनाउने काममा आफू लागि पर्ने बताइन् । मन्त्री रेग्मीले कोरोना भाइरसका कारण अहिले बालबालिकाहरु बढी प्रभावित बनेको भन्दै सबै विद्यालयहरु संचालनका लागि बालबालिकाहरुमा पूर्णरुपमा खोप लगाउने कामका लागि मन्त्रालय लागि परेको बताइन् ।

दुर्गम भेगका बालबालिकाहरु अनलाइन कक्षाबाट पनि बञ्चित भएको अवस्थामा अब भौतिक रुपमै कक्षाहरु संचालनका लागि वातावरण बनाउने बताइन् । पहिलोपटक मन्त्री भएपछि गृहजिल्ला आइपुगेकी मन्त्री रेग्मीलाई भरतपुर विमानस्थलमा बाजागाजासहित स्वागत गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>