चितवन विशेष

आधुनिक ढंगले घरघडेरीको बिक्री वितरण गर्न भरतपुरमा नयाँ कम्पनीको स्थापना

Banner

चितवन, असोज २५–

चितवनको मुख्य कारोबार स्थल भरतपुरको मालपोत चोकमा घर घडेरी सेवा प्रा.लि विधिवतरुपमा स्थापना भएको छ ।

कम्पनी कन्सल्ट्यान्ट पशुपती न्यौपानेका अनुसार कम्पनीले घर घडेरी कारोवारमा क्रेता र बिक्रेताबीचको सहजकर्ताको भूमिकालाई आईटी सिस्टममा प्रयोग गरी अझ सहज, सरल र विश्वासिलो वातावरण सिर्जना गर्ने मुख्य उद्देश्यले स्थापना गरिएको हो ।

त्यस्तै नयाँ प्रोडक्ट तथा विविध कार्ययोजना र उत्कृष्ट टिम व्यवस्थापनसहित अस्ट्रेलियन कम्पनीको सीआरयम सिस्टममा रहेर कार्य सञ्चालन गर्ने न्यौपानेले बताए ।

उक्त कार्यक्रममा मालपोत कार्यालय भरतपुरका आईटी विभाग प्रमुख सुमन कुमार झाका अनुसार मालपोत र घर घडेरी कारोवारमा सिस्टम र कार्य सञ्चालन व्यवस्थापनले थप नयाँ आयाम आउने विश्वास लिएको बताए ।

त्यस्तै घर घडेरी सेवा प्रालिका प्रवन्ध निर्देशक कृष्णप्रसाद न्यौपानेका अनुसार ग्राहक वर्गमा घडेरी बिक्री सेवा, घर बिक्री सेवा र घर घडेरी भाडा सञ्चालन सेवा गरी तीन नयाँ सेवा सञ्चालनमा आएको छ । त्यस्तै नेपालीहरुको महान चाडपर्वलाई लक्षित गर्दै अधिकतम २० प्रतिशत सम्म छुट सञ्चालन गरेकाले ग्राहक आकर्षित हुनेमा कम्पनी विश्वस्थ रहेको समेत न्यौपानेले बताए ।

नापी, मालपोत विवरण मुल्याङ्कन, हिसाब, प्रोपर्टी निरीक्षण, र व्यवसायिक फोटो भिडियोग्राफी मार्फत् कारोवारलाई नयाँ आयाम दिँदै अव्यबस्थित रुपमा कारोवार सञ्चालन गर्ने भएका व्यवसायीहरुलाई निपूर्णताको तालिम पनि सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै कोरोनाको समयमा पनि घरघडेरी कारोबार तथा लगानीकर्ताको लागि यो सुनौलो अवसरको रुपमा देखापरेको कम्पनीको विश्वाश छ । ग्राहको इच्छा आकांक्षा अनुरुप घर घडेरी कारोवारमा उचित सुझावसहित सेवा सञ्चालन गरेको छ । त्यस्तै कम्पनीले ग्राहकलाई आईपर्ने बित्तीय बैँकिङ ब्यबस्थापनलाई अझ सुदृढ ढंगले सघाउने नीति लिएको कम्पनी सञ्चालकहरु बताउँछन् । उक्त उद्घाटन कार्यक्रममा पहिलो चरणको प्रोडक्ट लन्चसमेत गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>