चितवन विशेष

प्रशिक्षक खड्कासहित ईपीएलमा सहभागी खेलाडीलाई सेन्ट्रल कलेज चितवनको सम्मान (भिडियोसहित)

Banner

चितवन, असोज २५-

चितवनको सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षकसहित ६ खेलाडीलाई सम्मान गरेको छ ।
प्रशिक्षक राजु खड्कासहित चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा सहभागी चितवनका खेलाडीहरुलाई कलेजले सम्मान गरेको हो ।

सम्मानित हुने खेलाडीहरुमा कृजन गुरुङ, गौतम केसी, दिपेश श्रेष्ठ, किशोर महतो, हरि चौहान र अर्जुन चुनरा रहेका छन् ।
कृजन र गौतमले ईपीएल च्याम्पियन चितवन टाइगर्सबाट खेलेका थिए । दिपेशले भैरहवा ग्लाडिएटर्स, किशोरले पोखरा राइनोज र हरि र अर्जुनले बिराटनगर वारियर्सबाट खेलेका थिए ।

यस्तै नेपाल क्रिकेट संघ (क्यान) वागमती प्रदेशका कोषाध्यक्ष तथा भरतपुर क्रिकेट क्लबका अध्यक्ष अनिल अधिकारी र टियू क्रिकेट एसोसिएसनका अध्यक्ष प्रा. डा. कृष्ण काफ्लेलाई पनि सोही कार्यक्रममा सम्मान गरिएको छ । उनीहरुलाई नगदसहित सम्मान गरिएको हो ।

सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञबिलास पौडेल (वाईबी) को अध्यक्षतामा भएको कार्यक्रममा, टियु क्रिकेट एसोसिएसनका अध्यक्ष प्रा. डा. काफ्ले, (क्यान) वागमती प्रदेशका कोषाध्यक्ष अधिकारी, लोकतान्त्रिक खेलकुद संघका सदस्य बचन कार्की, सम्मानित खेलाडी श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेलले सामाजिक उत्तरदायित्वअन्तर्गत खेलकुदको विकासमा जोडिन चाहेकोले सम्मान कार्यक्रम गरिएको बताए । उनले कलेजले विद्यार्थीलाई जापानमा सेटलमेन्ट गरिरहेको बताउँदै निकट भविष्यमा अन्य देशहरुमा पनि विद्यार्थी पठाउन लागेको जानकारी दिए । कलेजको काठमाडौँको पुतलीसडकमा मुख्य कार्यालय रहेको सेन्ट्रल कलेजको चितवन कार्यालय नारायणगढको प्रेस मार्ग, बुटवल, पोखरा, हेटौंडालगायत नेपालको १५ वटा शहरहरुमा रहेको छ ।

 

https://fb.watch/8zMo_ju9oE/

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>