चितवन विशेष

वीरेन्द्र बहुमुखी क्याम्पसमा शुभकामना आदान–प्रदान

Banner

चितवन, असोज २५–

समाजशास्त्र अध्ययन तथा अनुसन्धान समाज, नेपाल वीरेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा विजयादशमी, शुभदिपावली, नेपाल सम्वत ११४२ एवम् छठ तथा ईद पर्व २०७८ को शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

समाजका अध्यक्ष प्रेम कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख प्राध्यापक दयाराम पौडेलले उपस्थित सबैलाई रातो टीका लगाएर कार्यक्रमको उद्घाटन गर्नुभयो। उहाँले क्याम्पसमा हुने समाजशास्त्रका विद्यार्थीको अनुसन्धान कार्यमा क्याम्पसले सदैब हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि समाजशास्त्र विभाग प्रमुख उप–प्राध्यापक केशवराज सापकोटाले समाजशास्त्रीय अनुसन्धान महत्वपूर्ण विषय भएकोले अगाडि बढ्न हौसला दिदै विभाग यस समाजशास्त्र अध्ययन तथा अनुसन्धान समाजका कार्यहरुमा साथमा रहेको बताउनुभयो।

कार्यक्रममा समाजका उपाध्यक्ष सावित्री बराल, सदस्य द्वय निशा पौडेल र अस्मिता बरालले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो । समाजका सहसचिव अनुराधा पन्तले स्वागत मन्तव्य एवम् सजिव मनोज बिक्रम विष्टले संस्थाको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियोे।

कार्यक्रममा त्रि.वि. प्राध्यापक संघका सभापति महेशप्रसाद अधिकारीले समाजशास्त्रका विद्यार्थीले यस्तो सामाजिक अनुसन्धान कार्यमा अघि बढेकोमा विशेष धन्यवाद दिदै आगामी दिनमा अनुसन्धानात्मक जर्नल प्रकाशित हुने आशा व्यक्त गर्नुभएको थियो । भुतपूर्व विद्यार्थी एवम् वीरेन्द्र सैनिक आवासीय विद्यालयका समाजशास्त्र विभागका संयोजक रुद्र प्रसाद अधिकारीले बधाई दिदै विजयादशमीको शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा समाजशास्त्र विभागका प्राध्यापकहरु होमनाथ अधिकारी, रमेश काफ्ले, शम्भु भट्टराई, शिरोमणि पराजुली, राजेन्द्र गिरी, कृष्णकान्त पौडेल, अर्जुन पौडेल तथा अनेरास्ववियु प्रा.क.का सचिव सुदिप पौडेल अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो।

समाजशास्त्र तेस्रो सेमेष्टरका विद्यार्थीहरुको सहभागितामा कार्यक्रमको सहजीकरण समाजका कोषाध्यक्ष जगन्नाथ उपाध्यायले गर्नुभएको थियोे। कार्यक्रमको समापन गर्दै अध्यक्ष कँडेलले उपस्थित सबैलाई विजयादशमीको शुभकामना तथा धन्यवाद दिदै समाजशास्त्र अध्ययन तथा अनुसन्धान समाज वीरेन्द्र बहुमुखी क्याम्पस आफ्नो उद्देश्य सफलताको लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>