चितवन विशेष

भरतपुरमा विभिन्न पार्टी परित्याग गरी ७५ जना एमालेमा प्रवेश

Banner

चितवन, असोज २४-

भरतपुरमा विभिन्न पार्टी परित्याग गरी ७५ जना एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले भरतपुर वडा नम्बर २५ ले गरेको दसैँतिहारको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टी प्रवेश गर्ने टोलीलाई एमालेका नेता देवी ज्ञवालीले टीका फूलमाला तथा सूर्य अंकित रातो टिसर्ट दिएर पार्टीमा स्वागत गरेका हुन् । माओवादी केन्द भरतपुर महानगरपालिका–२५ का सचिव भिम थापामगरको नेतृत्वमा उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा नेकपा एमाले भरतपुर महानगर अध्यक्ष रामप्रसाद न्यौपाने, पार्टी नेता बाबुराम खरेल , वाड इन्चार्ज सुदिप रेग्मीलगायतले शुभकामना मन्तव्य राखेका थिए । पार्टीका वडा अध्यक्ष कमल गोदारको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष विजय भुजेलले वडामा गरेका गलत क्रियाकलाप र भष्टचारी कदमका विरुद्धको लडाइँलाई साथ दिन सबैलाई आव्हान गरे । कार्यक्रम सञ्चालन सचिव कृष्णहरि जमकट्टेलले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>