चितवन विशेष

एकोस्टिक गायन प्रतियोगितामा लम्जुङ्गका रसाईली प्रथम

Banner

चितवन, असोज २३–

कालिका मिडियाले आयोजना गरेको ‘एकोस्टिक गायन प्रतियोगितामा लम्जुङ्गका अमित रसाईली प्रथम भएका छन् ।

कालिका एफ.एम.को १९ औँ तथा कालिका एचडीको सातौँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित प्रतियोगितामा ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै रसाईली प्रथम भएका हुन् । रसाईलीले ६ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै भरतपुर महागनरपालिका–९ का उत्तम श्रेष्ठ द्धितीय र गैंडाकोटका रामबहादुर थापा तृतीय भएका छन् । उनीहरुले क्रमशः ४ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । विजेतालाई पुरस्कार असोज २६ गते प्रदान गरिने कालिका एफ.एमका निर्देशक दिपक पौडेलले जानकारी दिए ।

प्रतियोगितामा नाम दर्ता गराएका व्यक्तिलाई छनोट गरेर ११ जनालाई सहभागिता गराईएको थियो । उनीहरुले समसामयिक विषयवस्तुलाई संगीत मार्फत प्रस्तुत गरेका थिए । एक जना प्रतियोगिका लागि तीन मिनेट समय तोकिएको थियो । प्रतियोगिताको निर्णयकमा संगीतकार भूवन प्यासी रहेका थिए ।

कालिका एफ.एमले कलाकारको सम्मान गर्दै प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको निर्देशक पौडेलले जानकारी दिए । कालिका एफ.एमले प्रत्येक वर्ष वार्षिकोत्सवको अवसर पारेर करिव महिना भर विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । यसवर्ष पनि असोज १ गते देवघाटमा रहेका वृद्धावृद्धालाई स्वास्थ्य परीक्षण तथा भोजन गराएर कालिका एफ.एमले वार्षिकोत्सवका कार्यक्रम सुरुवात गरेको थियो ।

यो बीचमा कृषिमा यान्त्रीकरण, फस्टाउँदो सामाजिक सञ्जाल र मुल धारको मिडिया विषयक अन्तरक्रिया, कालिकाको चौतारी, कालिका फेसबुक क्वीज लगायतका कार्यक्रम गरेको थियो । एफ.एमको वार्षिकोत्सव असोज २६ गते समापन हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>