Breaking News

इपीएल फाइनलः पोखराले चितवनलाई दियो ११२ रनको मध्यम लक्ष्य

०
Banner

काठमाडौँ, असोज २३–

चौथो संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपीएल)को फाइनलमा पोखरा राइनोजले चितवन टाइगर्ससामु ११२ रनको मध्यम लक्ष्य पेश गरेको छ ।

टियु क्रिकेट मैदानमा जारी फाइनलमा टस हारेर पहिले व्याटिङ गरेको पोखरा १७.५ ओभरमा १११ रनमै अलआउट हुन पुग्यो ।

पोखराका लागि असेला गुणरत्नेले सर्वाधिक ३४ रन बनाए भने कप्तान विनोद भण्डारीले २२ रन बनाए । ओपनर रिचर्ड लेभीले २६ रन बनाए भने विपिन रावलले १७ रन जोडे । पोखरालाई मध्यम स्कोरमा रोक्न चितवनका कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए ।

यस्तै करिम जन्नत र सेकुग्गेले समान २/२ विकेट लिए भने सोमपाल कामी र सागर ढकालले समान एक/एक विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>