Breaking News

समय अगावै निर्वाचन हुँदैनः अध्यक्ष प्रचण्ड

Banner

चितवन, असोज २३–

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार नै पूर्णअवधिमा चल्ने बताएका छन् ।

चितवन उद्योग संघको ३० औं वार्षिक साधारणसभा एवं १६औं अधिवेशनको आज भरतपुरमा उद्घाटन गर्दै अध्यक्ष दाहालले सरकारले पूर्णता पाएसंगै दुर्घटना गरेको बताए । सरकारले पूर्णता नपाउँदै दुर्घटनामा पर्ने होकि भन्ने आशंका रहेकोमा पूर्णता पाएसंगै दुर्घटना टरेको बताए ।

उनले पूर्णअवधिमा यही सरकार चल्ने भएकाले उद्योगी व्यवसायीहरुलाई ढुक्क भएर काम गर्न आग्रह समेत गरे । ‘सरकारले पूर्णता नपाउँदै सरकार संकटमा पर्छ कि भन्ने शंका थियो, हिजो मात्रै सरकारले पूर्णता पाएसंगै संभावित दुर्घटना टर्‍यो’ अध्यक्ष दाहालले भने ‘तपाईहरुमा शंका छ भने हटाइदिनुहोस् र काममा जुट्नुहोस् ।’

अध्यक्ष दाहालले समय अगावै निर्वाचन नहुने समेत स्पष्ट पारेका छन् । पूर्णकालिन सरकार भएकाले अर्लि इलेक्सनको संभावना नरहेको बताए । अध्यक्ष दाहालले उद्योगी व्यवसायीहरुलाई कृषि उद्योगलाई प्राथमिकता राखेर काम गर्न आग्रह समेत गरे । उद्घाटन सत्र संघका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>