चितवन विशेष

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनको साधारणसभा

Banner

चितवन, असोज २२–

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान–नेपाल चितवनको १५ औं वार्षिक साधारणसभा एवं शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार स्वर्गीय लायन जीतबहादुर पिया भोकेशनल ट्रेनिङ सेन्टर (लायन्स भवन)मा आयोजित कार्यक्रमको प्रतिष्ठानका केन्द्रीय संस्थापक अध्यक्ष अम्बर बिरही गुरुङले मादल बजाएर समुद्घाटन गरेका थिए । सो क्रममा बोल्दै संस्थापक अध्यक्ष गुरुङले प्रतिष्ठानले अझै धेरै काम गर्न बाँकी रहेको भन्दै सबै कलाकारहरु सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए ।

साधारणसभामा प्रतिष्ठानका सचिव जिबी सुनारले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष उपेन्द्र देवकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो प्रतिवेदनहरु सर्वसम्मत रुपमा पारित गरिएको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरुले प्रतिष्ठानले स्थापना गरेको कलाकार कल्याणकारी अक्षय कोषमा आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए ।

यस्तै कार्यक्रममा प्रतिष्ठानकी चितवन शाखा सदस्य एवं दोहोरी च्याम्पियनकी टप ८ प्रतिस्पर्धामा पुगेकी अस्मिता डल्लाकोटीलाई सम्मान समेत गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष लोकबहादुर रानाभाटको अध्यक्षतामा भएको साधारणसभामा प्रथम उपाध्यक्ष कृष्णप्रसाद भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रतिष्ठान चितवन शाखाका संस्थापक अध्यक्ष एवंम सल्लाहकार संयोजक शान्त कुमार पिया, निवर्तमान अध्यक्ष आनन्द कुमार रञ्जित, नारायणगढ लायन्स क्लवका अध्यक्ष एवं भरतपुर महानगरपालिका वडा नं.१ का अध्यक्ष जयराम श्रेष्ठ, कालिका–६ का जनप्रतिनिधि दशरथ सापकोटा, ऋषि लामिछाने, गायक टिकाराम ढकाल, गायिका अस्मिता डल्लाकोटीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>