Breaking News

क्याम्पाचौरमा भूकम्प गएपछि….

Banner

चितवन, असोज २२–

शुक्रबार विहान साढे ९ बजेको समय । नारायणगढस्थित क्याम्पाचौरमा एकाएक हल्लाखल्ला मच्चियो । ६ रेक्ट बढीको भूकम्प गएपछि कोही चिच्याउँदै थिए त कोही चौरमै ढले । रुवाबासी चलेको केही समयपछि भरतपुर महानगर र जिल्ला प्रशासन कार्यालयले तत्काल उद्धारमा खटिन निर्देशन दियो ।

तत्कालै एम्बुलेन्स र नेपाल आर्मीको उद्धार टोली आइपुग्यो । घाइतेहरुको धमाधम उद्धार गर्न थालियो भने घरमा च्यापिएकाको सेनाको उद्धार टोलीले विभिन्न प्रविधिको प्रयोग गरेर निकाल्न थालियो । सामान्य घाइतेहरुको चौरमै उपचार थालियो भने गम्भिर घाइते भएकाहरुलाई तत्कालै अस्पताल पु¥याईयो । यी घटना साँच्चिएकै भूकम्पले निम्त्याएको भने होइन । भूकम्प, आगलागी र सडक दुर्घटनामा आधारित कृतिम घटना अभ्यासमा देखिएको दृश्य हो यो । स्थानीय आपतकालिन कार्य संचालन केन्द्रले आयोजना गरेको अभ्यास कार्यक्रममा भूकम्प, आगलागी र सडक दुर्घटनाको बेला गरिने कसरी उद्धार गर्ने भन्ने बारे देखिइएको थियो ।

कार्यक्रमको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले समुद्घाटन गरेपछि अभ्यास सुरु भएको थियो । अभ्यासको क्रममा स्थानीय सरकार, रेडक्रसलगायतको भूमिका बारे प्रस्तुत गरिएको थियो । भरतपुर महानगरपालिका, यरोपियन युनियन, युएनडिपी र फरवार्डको साझेदारीमा केही महिनादेखि विभिन्न व्यक्तिहरुलाई तालिम प्रदान गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>