Breaking News
पछिल्लो २४ घण्टामा ७६४ जनामा संक्रमण पुष्टि, १० जनाको मृत्यु
०
काठमाडौँ, असोज २२-
नेपालमा पछिल्लो २४ घण्टामा ७६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३३ जना निको भएका छन् भने १० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन ।
त्यस्तै ९ हजार ४ सय ६६ पीसीआर परीक्षण गर्दा ७१५ जना र १ हजार २२२ एन्टिजेन परीक्षण गर्दा ४९ गरी ३ हजार ७६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा आज संक्रमितको कुल संख्या ८ लाख ९९७ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ जना रहेका छन् । जसमध्ये १४ हजार ७२८ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १५३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३१३ जना आईसीयू र ११३ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २४१ जना क्वारेन्टिनमा छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























