Breaking News

चितवनकी उमा रेग्मी महिला, बालबालिका मन्त्री बन्दै

Banner

चितवन, असोज २२–

चितवनकी कांग्रेस नेतृ उमा रेग्मी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बन्ने भएकी छिन् । सरकारले गर्न लागेको मन्त्रीपरिषद् विस्तारमा रेग्मी मन्त्री बन्न लागेकी हुन् । रेग्मी नेपाल महिला संघकी केन्द्रीय सभापति हुन् । उनी चितवनबाट समानुपातिक सांसद बनेकी थिइन् । उनी सभापति एवंम प्रधानमन्त्री शेरबहादुर देउवा निकट हन् ।

यसअघि देउवा सरकारमा चितवनका समानुपातिक सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री छन् । पटक–पटक सरकारमा गएको कांग्रेसबाट चितवनले लामो समयपछि फूल मन्त्री पाउन लागेको हो । यसअघि चितवनका शेषनाथ अधिकारी पनि शिक्षा राज्यमन्त्री बनेका थिए ।

सरकारले आज विस्तार गर्न लागेको मन्त्रीपरिषद्मा कांग्रेसबाट चार जना मन्त्री हुन लागेका छन् । रक्षा मन्त्रीमा केन्द्रीय सदस्यसमेत रहेका सांसद मिनेन्द्र रिजाल जिम्मेवारी सम्हाल्दै छन् भने दिन लागिएको छ।सञ्चार मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीलाई र कानुन मन्त्रीमा दिलेन्द्रप्रसाद बडुलाई पठाउने कांग्रेसको तयारी छ। मिनेन्द्र र दिलेन्द्र वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन्।

अहिले कानुन मन्त्री कार्की छन्। उनी सूचना, सञ्चार तथा प्रविधि मन्त्रीमा सर्ने भएका छन्।

यस्तै खानेपानी मन्त्रीमा उमाकान्त चौधरीलाई पठाउन लागिएको हो। उनी सिटौला पक्षका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>