Breaking News
झाडापखालाबाट एउटै गाउँका ६२ जना बिरामी, दुई जनाको मृत्यु
०

तौलिहवा असोज २०-
कपिलवस्तुको कृष्णनगरमा झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ ।
कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा झाडापखालाको प्रकोप देखिएको छ । उक्त गाउँमा झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ भने एक सयभन्दा धेरै विरामी परेका छन् ।
त्यस्तै एउटै गाउँका ६२ जनासम्म बिरामी परेका छन् । बिरामीहरु धेरैजसो बालबालिकाहरु छन् । गम्भीर बिरामी परेकाहरुलाई जिल्ला अस्पतालमा र लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिएको छ ।
शिवराज अस्पतालका डाक्टर मुकेश चौधरीका अनुसार अस्पतालमा बिरामीको चाप बढेपछि एउटा बेडमा दुई जनालाई राखेर र कतिपयलाई भुईं समेत राखेर उपचार गर्नु छ । बिरामीहरुलाई अस्पतालको आँगनमा खटियामा राखिएको छ । डोरी टाँगेर, त्यसमा स्लाइन पानी झुण्ड्याएर बिरामीहरुलाई दिइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























