Breaking News

चितवनमा ३६ कोरोना संक्रमित थपिए, ४१८ जना घरमा आइसोलेसनमा

Banner

चितवन, असोज १९-

चितवनमा विगत २४ घण्टामा ३६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर महानगरपालिकामा ३० जना, माडीमा चार जना र रत्ननगर नगरपालिकामा दुई जना संक्रमित थपिएका हुन् ।

योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या ४५२ जना पुगेको छ । जसमध्ये अधिकांश संक्रमित घरमा आइसोलेसनमा रहेका छन् । घरमा आइसोलेसनमा रहनेको संख्या ४१८ जना रहेको छ । अस्पतालको आइसोलेसनमा ३४ जना रहेका छन् ।
त्यसैगरी चितवनमा आजसम्म कोरोना संक्रमणबाट ४१७ जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>