Breaking News
कपिलवस्तु झाडापखालाबाट दुई जनाको मृत्यु, ७ जनाको अवस्था गम्भीर
०

कपिलवस्तु, असोज १९ –
कपिलवस्तुको कृष्णनगरमा झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ ।
कृष्णनगर नगरपालिका–८ का ४५ वर्षीय बब्लु केवट र वडा नम्बर ९ का चार वर्षीय बालकको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेका अनुसार झाडापखाला लागेका ५२ जनाको शिवराज अस्पताल बहादुरगञ्जमा उपचार भइरहेको छ । गम्भीर अवस्थाका ७ जनालाई अन्यत्र रिफर गरिएको छ ।
दूषित पानीका कारण झाडापखाला फैलिएको पाण्डेले बताए । पानी कहाँ कसरी दूषित भयो भन्ने पत्ता लगाउन लागिएको उनको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























