Breaking News

जब त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लियो

Banner

काठमाडौं, असोज १९ –

त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ ।

जहाज मंगलबार बिहान त्रिभुवन विमानस्थलमा पार्किङबाट रनवेतिर तर्फ जान लाग्दा चिप्लिएर घाँसतिर पुगेको छ ।

नेपालगञ्जका लागि उड्न लागेको जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको छ । जहाज धावनमार्गमा नभएको कारण उडान भने सञ्चालन भइरहेको छ ।

विमानस्थल स्रोतका अनुसार जहाज धावनमार्गमा जाने क्रममा पार्किङ क्षेत्रमै गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको हो । जहाजमा कुनै क्षति भएको छैन । पाङ्ग्रा भने ट्याक्सिवेबाट बाहिर गएको छ ।

यात्रुलाई अर्को जहाजमा पठाउने तयारी गरिएको छ । श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जहाजमा यात्रु भए पनि कसैलाई चोटपटक नलागेको बताए । यो जहाजमा चालक दलका चार सदस्यसहित ८० जना रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>