Breaking News
चितवनमा थप ३९ जनामा कोरोना संक्रमण, आईसीयू र भेन्टिलेटरमा १३ को उपचार हुँदै

चितवन, असोज १८-
चितवनमा विगत २४ घण्टामा ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ३५ जना, खैरहनीमा एक जना, माडीमा दुई जना र कालिका नगरपालिकामा एक जना कोरोना संक्रमित थपिएका हुन् ।
यो सँगै चितवनमा सक्रिय संक्रमितको संख्या ४४९ पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा ४१४ जना, अस्पतालको आइसोलेसनमा ३५ जना रहेका छन् । त्यसैगरी स्वास्थ्य कार्यालयको अनुसार विगत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितले ज्यान गुमाएको छैन । चितवनमा आजसम्म कोरोनाको कारणबाट ४१७ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी चितवनका विभिन्न अस्पतालमा ५० जना कोरोनाका बिरामीले उपचार गराइरहेका छन् ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार आईसीयूमा १० जना, भेन्टिलेटरमा तीन जना, एचडीयूमा १६ जना र जेनरल बेडमा २४ जना रहेका छन् । विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट १५ जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् ।
























