चितवन विशेष
लियो क्लव अफ भरतपुर युथद्वारा विपन्न परिवारलाई खाद्यान्न वितरण
०

चितवन, असोज १८ –
लियो क्लव अफ भरतपुर युथले विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ ।
सोमबार बिहान क्लवले कालिका नगरपालिकाका ५० विपन्न सुकुम्बासी परिवारलाई खाद्यान्न सहयोग गरेको हो । कालिका ३ जनपृय टोलका ३० सकुम्बासी विपन्न परिवार र कालिका १० का २० विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको हो ।
क्लवका अध्यक्ष गौरव उपाध्ययले अति विपन्न तथा निम्म वर्गीय परिवारका लागि दशैं दशा नै बन्ने गरेको तितो यथार्थलाई मनन गर्दै सहयोग गरिएको बताए ।
क्लवका ब्राण्ड एम्बेष्टर सुवास बस्नेतले विभिन्न दाताहरुबाट सहयोग जुटाएर खाद्यान्न सामग्री वितरण गरिएको जानकारी दिए । विजय खनाल नेतृत्वदायी संयोजन र बे एरिया नेप्लिज कम्युनिटी इन फ्रेमन्ट, युसए बे मा संगठित साथीहरुले खाद्यान्न वितरणमा विशेष सहयोग गरेको बस्नेतले जानकारी दिए ।
.

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























