Breaking News

पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्ने एमाले अध्यक्ष ओलीको भनाइ

Banner

काठमाडौं, १७ असोज १७ –

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्ने बताएका छन् ।

पार्टीको विधान महाधिवेशन आइतबार सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

ओलीले भने, ‘बहुमतमा पुर्‍याएर यस्तो उस्तो कुनै मधुकैटवले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुर्‍याएर छोड्ने हो ।’

ओलीले आफ्नो देवत्वकरण भयो भन्नु विरोधीहरुले चलाएको हल्ला मात्र भएको बताएका छन् । यस्तै उनले आफू बाँचेको र जनता–कार्यकर्ताले आफूलाई माया गरेकामा एमाले विरोधीहरु चिन्तित रहेको समेत टिप्पणी गरे ।

विधान महाधिवेशनमा प्रतिनिधिहरुले उठाएको प्रश्नको जवाफ दिँदै एमाले अध्यक्ष ओलीले भने, ‘यतिबेला हाम्रो विचारमाथि हमला भएको छ, संगठनमाथि हमला भएको छ । नेकपा एमालेको महाधिवेशनमा ब्यानर देखिए रे, झण्डा देखिए रे, अलिक तामझाम देखियो रे, नेतृत्वको समर्थनमा कार्यकर्ता बोलेको देखियो रे १’

उनले अघि भने, ‘हामी कसैलाई देवता मान्दैनौं, देवत्वकरण गर्दैनौं, तर लिडरसिप हुन्छ । लिडरसिप वरिपरि पार्टी र आन्दोलन एकत्रित हुन्छ । यो स्वाभाविक हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>