देश/प्रदेश
युवा संघ बन्दीपुर गाउँपालिका अध्यक्षमा वसन्त पौडेल
०

तनहुँ, असोज १७ –
नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ बन्दीपुर गाउँपालिका अध्यक्षमा वसन्त पौडेल सर्वसम्मत चयन भएका छन् । तनहुँको डुम्रेमा भएको युवाको भेलाले युवा व्यवसायी एवम् सञ्चारकर्मीसमेत रहेका पौडेलको अध्यक्षतामा ६३ सदस्यीय राष्ट्रिय युवा संघ बन्दीपुर गाउँपालिका कमिटी गठन गरेको हो ।
कमिटीको सहअध्यक्षमा जगलाल थापा चयन भएका छन् । भेलामा प्रमुख अतिथिको रुपमा उपस्थित राष्ट्रिय युवा संघ गण्डकी प्रदेश सचिव विकास अधिकारीले युवा संघलाई युवाहरुको आर्कषणको केन्द्र बनाइने बताए ।
राष्ट्रिय युवा संघका अध्यक्ष पौडेलले बन्दीपुर गाउँपालिकाका ६ वटै वडामा राष्ट्रिय युवा संघका कमिटीहरु गठन गरेर संगठनलाई व्यवस्थित र चुस्त बनाएर जनताको सेवामा लाग्ने बताए । भेलामा तीनसय बढी युवा सहभागी थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























