Breaking News
इन्टरनेट अवरुद्ध हुँदा चितवनमा बैंक तथा सरकारी कार्यालयको सेवा ठप्प
चितवन, असोज १७ –
इन्टरनेट अवरुद्ध हुँदा चितवनका बैंक तथा वित्तीय संस्थाहरुको काम ठप्प बनेको छ ।
नेपाल विद्युत प्राधिरणले पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीको तार हिजो शनिबारदेखि काट्न सुरु गरेको थियो । तार काट्न सुरु गरेपछि जसको विरोध स्वरुप आज इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले नेट नै सटडाउन गरेका छन् ।
प्राधिकरणले सांकेतिकरुपमा केही स्थानको तार कोटिएको बताएको छ । तर पोल भाडा तिर्ने र नतिर्ने दुबै कन्पनीले सबै ठाउँको नेट डाउन गराएका छन् ।
विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिव सिंह ठाकुरका अनुसार चितवनमा स्थानीय कम्पनीहरुले पोल भाडा तिरेका छन् । नेपाल टेलिकम र एनसेलले पनि पोल भाडा तिरेका छन् ।
भाडा नतिर्नेमा वल्डलिंक, सुविसु, भायनेट, क्लासिकटेक, टेकमाइण्ड लगायतका कम्पनी रहेका छन् । अहिले चितवनमा टेलिकम र एनसेलको नेटमात्र चलेको छ । अरु सबै नेट बन्द छ ।
टेलिकम र एनसेलबाहेक अरु कम्पनीको नेट जोडेका सरकारी कार्यालय तथा वित्तीय संस्थाहरुको काम यति बेला ठप्प छ । अधिकांश वित्तीय संस्था र सरकारी कार्यालयको काम ठप्प हुुँदा सेवाग्राही मर्कामा परेका छन् ।


























