स्वास्थ्य

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना

Banner

काठमाडौं,असोज १३-

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्। ज्वरो र खोकीको समस्याका कारण बुधबार त्रि.वि.शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका नेपालको निजी सचिवालयले जनाएको छ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको उपचारमा त्रि.वि. शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा.सन्तकुमार दाससहितको टोली संलग्न रहेको सचिवालयले जनाएको छ । स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा नेपाललाई भेटघाट बन्द गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>