Breaking News

नेपालमा थप ११५८ जनमा संक्रमण पुष्टि, १२ जनाको मृत्यु, १३१८ निको

Banner

काठमाडौं, असोज १२ –

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १५८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६ सय ७२ पीसीआर परीक्षण गर्दा ९०४ जना र २ हजार ३३१ एन्टिजेन परीक्षण गर्दा २५४ गरी १ हजार १५८ जनामा संक्रमण देखिएको हो ।

यससँगै नेपलमा सक्रिय संक्रमितको संख्या १८ हजार ४२२ जना पुगेको छ । जसमध्ये १७ हजार १२५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २९७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३६४ जना आईसीयू र १२० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ भने १ हजार ३१८ जना निको भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>