Breaking News
चितवनमा ५३२ जना कोरोना संक्रमित घरमै आइसोलेसनमा, आज थप मृत्यु र संक्रमण शून्य
०

चितवन, असोज १०-
चितवनमा विगत २४ घण्टामा कसैमा पनि कोरोना संक्रमण देखिएन । थप मृत्यु पनि शून्यमा झरेको छ ।
स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांकमा कसैमा पनि कोरोना संक्रमण नदेखिएको हो ।
कसैमा संक्रमण नदेखिए पनि ५७७ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । जसमध्ये ५३२ जना घरमा आइसोलेसनमा र ४५ जना अस्पतालको आइसोलेसनमा रहेका छन् ।
आज चितवनमा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन तर पनि आजसम्म संक्रमणबाट चितवनमा ४१२ जनाको मृत्यु भएको छ । पहिलो र दोस्रो लहर गरेर चितवनमा जम्मा २५ हजार ७७० जना कोरोना संक्रमित भएका छन् । जसमध्ये २४ हजार ७८१ जना निको भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























