नवलपुर

काँग्रेस महाधिवेशनः कावासोतीमा श्रेष्ठ नेतृत्वको प्यानल घोषणा

Banner

कावासोती, असोज ९–

नेपाली काँग्रेस कावासोती नगरपालिकाको अधिबेशनका लागि काँग्रेस युवा नेता अमृतकुमार श्रेष्ठको नेतृत्वमा उम्मेदवारहरुको प्यानल घोषणा गरिएको छ ।
कावासोती नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष समेत रहेका श्रेष्ठलाई शनिबार साँझ काँग्रेस जिल्ला कार्यलयमा आयोजित एककार्यक्रमकाबिच सभापतिको उम्मेदवार घोषणा गरिएको हो ।

सभापति पदका अर्का आंकाक्षि हेमप्रसाद पाण्डेले श्रेष्ठलाई सभापति पदको उम्मेदवार घोषणा गरेका थिए । श्रेष्ठ नेतृत्वको टिमको उपसभापतिमा मुक्ती थापा पुलामी र जितबहादुर महतो, सचिबमा लेखनाथ दवाडी र हरिबंश सुवेदी, सहसचिबमा पुष्पा देबि गुरौ र भिमबहादुर अधिकारीलाई उम्मेदवार घोषणा गरिएको छ ।

सभापतिका उम्मेदवार श्रेष्ठ नेबिसंघ, तरुण दल हुँदै कांग्रेस राजनीतिमा आएका हुन् । साबिक शिवमन्दिर गाबिसमा काँग्रेसको सचिवको भुमिका समेत निभाएका श्रेष्ठ काँग्रेसको १३ औं महाधिवेशनमा कावासोती नगर सभापतिमा थोरै मत अन्तरले पराजित भएका थिए । श्रेष्ठलाई काँग्रेस महामन्त्री डा शशांक कोईराला, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, जिल्ला सभापती विष्णु प्रसाद लामिछाने, प्रदेश सांसद ओमकला चालिसे, महासमिती सदस्य विष्णुकुमार कार्की, कावासोतीका मेयरका उम्मेदवार महेन्द्र पोखरेल, महासमिती सदस्य श्याम श्रेष्ठ, काँग्रेस युवा नेता मनोहर पराजुली लगायतको समर्थन छ ।

घोषणा सभामा बोल्ने नेताहरुले काँग्रेसका कुशल संगठनकर्ता र कावासोतीमा काँग्रेसको संगठन निर्माणमा महत्वपूर्ण योगदान दिने श्रेष्ठलाई आफुहरुले स्वाभाविक रुपमा समर्थन गरेको बताए ।

घोषणा सभामा बोल्दै सभापतिका उम्मेदवार श्रेष्ठले आफु सभापतिमा निर्वाचित भए आगामी स्थानीय निर्वाचनमा कावासोतीमा काँग्रेसले कावासोती नगरपालिकामा विजयको झण्डा गाड्ने बताए । त्यसका लागि आफू निर्वाचित भएको दिन देखिनै योजना बनाएर काम थाल्ने उनले बताए । उनले आफू अन्तिम पटक सभापतिको उम्मेदवार भएको भन्दै आगामी अधिबेशनमा नयाँ पुस्तालाई अघि बढाउने प्रतिबद्द्ता ब्यक्त गरे । श्रेष्ठ अहिले मातृ शोकमा छन् । किरिया कर्ममै क्रममा रहेका श्रेष्ठले घोषणा सभामा उपस्थित भएर आफ्नो उम्मेदवारीको उदेश्य माथी प्रकाश पारेका थिए ।

कावासोतीमा नगर अधिबेशन असोज ११ गते हुँदैछ । अधिबेशनका लागि यस अघि नै सालिकराम ढकालले सभापतिमा प्यानल सहित आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । ढकालको प्यानललाई काँग्रेस नेता महेन्द्रध्वज जिसिको समर्थन छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>