Breaking News

कांग्रेस महाधिवेशनः कालिकामा नयाँ नेतृत्व चयनका लागि मतदान, २२१ मत खस्यो

०
Banner

चितवन, असोज ९–

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयन गर्न चितवनको कालिका नगरपालिकामा मतदान भएको छ ।

सर्वसम्म नेतृत्व चयन गर्न असफल भएपछि मतदान मार्फत नयाँ नेतृत्व टुंगो लगाउन लागिएको हो । २२५ जना मतदाता रहेकोमा कालिकामा २२१ मत खसेको मतदान अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिए ।

नगर सभापतिका लागि दीपेश्वर केसी र लिलाबहादुर गुरुङबीच तीव्र प्रतिस्पर्धा रहेको छ । सभापतिमा उम्मेद्वारी दिएका शिवप्रसाद शर्मा पौडेलले उम्मेद्वारी फिर्ता लिएपछि दुई जनाबीच प्रतिस्पर्धा भएको हो ।

यस्तै २ जना उपसभापतिका लागि चेतबहादुर गुरुङ, दीपेन्द्र वाग्ले, जिएन महतो, राजकुमार सिंह र शंकर लामा चुनावी मैदानमा छन् । त्यस्तै दुई जना सचिवका लागि ऋषिराम फु्याल (अर्जुन), फणिन्द्र प्रसाद लामिछाने, साजन मगर र राजन रेग्मी चुनावी मैदानमा होमिएका छन् । दुई जना नगर सह–सचिवका लागि दीवश मगर, विश्वास अर्याल, योजना न्यौपाने अधिकारी र रविन्द्र तामाङ चुनावी प्रतिस्पर्धामा छन् ।

अन्य सदस्य पदहरु भने सर्वसम्मत रुपमा चयन भएको मतदान अधिकृत पौडेलले नारायणी अनलाइनलाई जानकारी दिए । कालिका नगरसमितिमा कुल ६५ पद रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>