Breaking News

कांग्रेस महाधिवेशनः कालिकामा नयाँ नेतृत्व चयनका लागि मतदान, २२१ मत खस्यो

Banner

चितवन, असोज ९–

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयन गर्न चितवनको कालिका नगरपालिकामा मतदान भएको छ ।

सर्वसम्म नेतृत्व चयन गर्न असफल भएपछि मतदान मार्फत नयाँ नेतृत्व टुंगो लगाउन लागिएको हो । २२५ जना मतदाता रहेकोमा कालिकामा २२१ मत खसेको मतदान अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिए ।

नगर सभापतिका लागि दीपेश्वर केसी र लिलाबहादुर गुरुङबीच तीव्र प्रतिस्पर्धा रहेको छ । सभापतिमा उम्मेद्वारी दिएका शिवप्रसाद शर्मा पौडेलले उम्मेद्वारी फिर्ता लिएपछि दुई जनाबीच प्रतिस्पर्धा भएको हो ।

यस्तै २ जना उपसभापतिका लागि चेतबहादुर गुरुङ, दीपेन्द्र वाग्ले, जिएन महतो, राजकुमार सिंह र शंकर लामा चुनावी मैदानमा छन् । त्यस्तै दुई जना सचिवका लागि ऋषिराम फु्याल (अर्जुन), फणिन्द्र प्रसाद लामिछाने, साजन मगर र राजन रेग्मी चुनावी मैदानमा होमिएका छन् । दुई जना नगर सह–सचिवका लागि दीवश मगर, विश्वास अर्याल, योजना न्यौपाने अधिकारी र रविन्द्र तामाङ चुनावी प्रतिस्पर्धामा छन् ।

अन्य सदस्य पदहरु भने सर्वसम्मत रुपमा चयन भएको मतदान अधिकृत पौडेलले नारायणी अनलाइनलाई जानकारी दिए । कालिका नगरसमितिमा कुल ६५ पद रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>