Breaking News

चितवनमा ३७ जनामा कोरोना संक्रमण, मृत्यु शून्य, आईसीयू र भेन्टिलेटरमा २८ जना

Banner

चितवन, असोज ९-

चितवनमा विगत २४ घण्टामा ३७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर महानगरपालिकामा २० जना, खैरहनी नगरपालिकामा दुई जना, माडी नगरपालिकामा आठ जना, रत्ननगर नगरपालिकामा ६ जना र राप्तीमा एक जना थपिएका हुन् ।

योसँगै चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ६०३ जना पुगेको छ । जसमध्ये आईसोलेसनमा ५५७ जना र अस्पतालको आइसोलेसनमा ४६ जना रहेका छन् ।
त्यसैगरी चितवनका विभिन्न अस्पतालमा कोरोनाका बिरामीको संख्या ६२ जना रहेका छन् । जसमध्ये आईसीयू २४ जना र भेन्टिलेटरमा ४ जना, एचडीयूमा १९ जना, सामान्य बेडमा १९ जना रहेका छन् । विगत २४ घण्टामा ११ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । विगत २४ घण्टामा चितवनका अस्पतालमा कुनै पनि कोरोना संक्रमितको निधन नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>