अर्थ

निर्माण व्यवसायी संघ चितवनद्वारा विपन्न विद्यार्थीहरुलाई झोला वितरण

Banner

– शंकर अधिकारी

चितवन, असोज ७ –
निर्माण व्यवसायी संघ चितवनले विपन्न विद्यार्थीहरुलाई झोला वितरण गरेको छ ।

आज शुक्रबार जखडीमाई आधारभुत विद्यालय भरतपुर–११ मा अध्ययनरत अति विपन्न विद्यार्थीहरुलाई स्कुल झोला हस्तान्तरण गरिएको हो ।
महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले विद्यार्थीहरुलाई झोला हस्तानान्तरण गर्दै विद्यालयका निजी स्रोतमा रहेका १ जना शिक्षकको १ वर्षको तलव रकम आफूले व्यहोर्ने घोषणा गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ पोख्रेलले विद्यालयमा आएर सहयोग गरेको प्रति खुसी प्रकट गर्दै महासंघलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल, भरतपुर ११ का वडाअध्यक्ष बावुराम अधिकारी, निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष उमानन्द कँडेल, निर्माण व्यवसायी संघ चितवनका पूर्वअध्यक्षहरु राजेन्द्रमणि काफ्ले, रामराज पौडेल, श्रीप्रकाश कँडेल, महासंघका केन्द्रीय सदस्यहरु होमकुमार शर्मा, हरिप्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

यस्तै आजै महासंघले निर्माण व्यवसायीहरुका लागि दुई दिने इ–जिपि तालिम सुरु भएको छ । भोलिसम्म चल्ने तालिममा करिब ४० जनाको सहभागिता रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>