Breaking News

चितवनमा कांग्रेसको पालिकाहरुको अधिवेशन भोलि, पूर्वी चितवनका चार पालिकामा कडा भिडन्त

Banner

ध्रुवराज खनाल,

चितवन, असोज ८–

नेपाली कांग्रेसको महाधिवेशन अन्र्तगत चितवनमा पालिकास्तरको निर्वाचन भोली (शनिबार) हुँदैछ । वडा अधिवेशन सकिएपछि यहाँका नगरपालिका/गाउँपालिकाको निर्वाचन हुन लागेको हो । पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा पनि नयाँ कार्यसमिति चयन गरिदैछ ।

यहाँका पालिकाहरुमा दुई प्यानल निर्वाचनमा होमिदै छन् । जिल्लाको ठूलो नगरपालिका रत्ननगर नगरपालिकामा वर्तमान सभापति रुपनराज घिमिरे र प्रलाहद सापकोटाबीच प्रतिस्पर्धा हुँदैछ । उनीहरुले प्यालन बनाएर निर्वाचनमा होमिएका छन् । दुई पटक नगर सभापति भईसकेका घिमिरेलाई परिपक्क राजनीति गर्न सक्ने नेताका रुपमा लिईन्छ । घिमिरेको प्यानलबाट उपसभापतिमा कमलनाथ अधिकारी र अपिल अधिकारी, सचिवमा अनिता अर्याल र दिपेन्द्र श्रेष्ठ, सहसचिवमा रामचन्द्र पौडेल र चन्द्रमाया चौधरीले उम्मेदवारी दिनेछन् ।

त्यस्तै तरुण विभाग जिल्ला संयोजक रही सामाजिक क्षेत्रमा पनि क्रियाशिल सापकोटाको प्यानलबाट उपसभापतिमा केदारमान वाईबा र शिवकान्त पौडेल, सचिवमा तीर्थराज सुवेदी र वीरेन्द्र चौधरी, सहसचिवमा अमृत मल्ल र गोविन्द भट्टराई रहेका छन् । वडाबाट निर्वाचित भएर आएका ४२४ जना प्रतिनिधीले मतदानमा भाग लिनेछन् । निर्वाचन निपनीस्थित स्टार बैंकेटमा हुनेछ । सभापतिमा प्रतिस्पर्धीहरुले निर्वाचन आफुले जित्ने दावी गर्दै आएका छन् ।

पूर्वी चितवनको खैरहनी नगरपालिकामा पनि दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । यहाँ वर्तमान नगर सभापति शशी कुमार खनियाँ र गुणराज श्रेष्ठबीच भिडन्त हुँदैछ । खनियाँको प्यानलबाट उपसभापतिमा प्रेमप्रसाद रेग्मी र विक्रम पंजियार, सचिवमा अनुप अधिकारी र वुद्धिराज बिसुराल, सहसचिवमा राजेन्द्र रिजाल र शम्भु प्रसाद अर्यालले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

त्यस्तै व्यवसायिक संस्थाको नेतृत्व गरिसकेका श्रेष्ठको प्यानलबाट उपसभापतिमा विष्णु भक्त न्यौपाने र मुकुन्द प्रसाद चौधरी, सचिवमा टिकादत्त इटनी र मेघनाथ सुवेदी, सहसचिवमा अमृता उप्रेती र रामकृष्ण चौधरी चुनावी मैदानमा छन् । नयाँ कार्यसमिति चयनका लागि खैरहनीको पर्सा बैंकेटमा २९२ जनाले मतदान गर्नेछन् । खैरहनीमा खनियाँ र श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने धेरैको बुझाई छ ।

उम्मेदवारी घोषणा कार्यक्रममा बहुमत वडा सभापतिहरु श्रेष्ठको पक्षमा रहेकाले निर्वाचन जित्नेमा श्रेष्ठ प्यानल विश्वस्त छ । श्रेष्ठले सभापतिमा निर्वाचन भएमा आगामी स्थानीय तहको निर्वाचनमा कुनै पदमा दावी नगर्ने वताउँदै आएका छन् । तर खनियाँ प्यानलले प्रतिनिधी आफुहरुको धेरै रहेको दावी गर्दै आएपनि प्रतिस्पर्धीलाई कमजोर ठान्न नहुने वताउँदै आएको छ । खनियाँको प्यानलपनि निर्वाचनको नजिता आफ्नो पक्षमा आउनेमा ढुक्क छ ।

राप्ती नगरपालिकामा पनि दुई प्यानल बनाएर चुनावमा उत्रिएका छन् । आगामी नेतृत्वका लागि देवेन्द्र लामा र वर्तमान सभापति नारायण उप्रेतीले प्यानल बनाएर चुनावमा होमिएका हुन् । भावी सभापतिको रुपमा लिईएको लामाको प्यानलबाट उपसभापतिमा कृष्ण प्रसाद पाण्डे र अनिता खरेल, सचिवमा राजकुमार सिलवाल र लक्ष्मी कडेंल, सहसचिवमा सारा प्रजा र मनोज तामाङले उम्मेदवारी दिदैछन् ।

दुई पटकसम्म सभापति भईसकेका उप्रेतीको प्यानलबाट उपसभापतिमा मेघनाथ सेढाई र धु्रवकुमार सिलवाल, सचिवमा चुडामणी खरेल र मानकुमार चेपाङ, सहसचिवमा पदमराज सेढाई र रुद्र कुमार सापकोटाले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उप्रेती दुई पटक सभापति भएर पनि पार्टीलाई मजबुद बनाउन नसक्दा गत स्थानीय तहको निर्वाचनमा दुई वटा वडा मात्र जित्न सकेके भन्दै लामा समूहले उप्रेतीको आलोचना गर्दै आएका छन् । भण्डारा माविमा हुने मतदानमा २२२ जनाले मताधिकार प्रयोग गर्नेछन् ।

निर्वाचनलाई केन्द्रित गर्दै यहाँ पालिकाहरुमा कांग्रेसको निर्वाचनले माहोल गरमागरम बनाएको छ । निर्वाचनका लागि प्यानल बनाएकाहरु भोट माग्न र मतादाता रिझाउनमा व्यस्त छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>