Breaking News

त्रिशुलीमा खसेको कार अझै भेटिएन, तीन जना बेपत्ता, खोजी कार्य जारी

Banner

चितवन, असोज ८–

बिहीबार राति त्रिशुली नदीमा खसेको कार अझै भेटिएको छैन । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग २ च ४९१८ नम्बरको कार चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला स्थित पृथ्वीराजमार्गबाट ३५ मिटर तल त्रिशुली नदी खसेको थियो ।

कार नदीमा खसेको जानकारी पाएलगत्तै प्रहरी टोली पुगेको थियो । तर शुक्रबार दिउँसोसम्म पनि उक्त कार फेला परेको छैन । खोजी कार्य जारी भए पनि कार हालसम्म फेला नपरेको घटनास्थलमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवान थापाले नारायणी अनलाईनलाई जानकारी दिए ।

‘डुंगा र गोताखोरको सहायतामा खोजी भइरहेको छ, अझैसम्म केही पनि फेला परेको छैन’–थापाले टेलिफोनमा भने । दुर्घटनामा पोखरा महानगरपालिका–१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी घाइते भएका छन् । उनको आँखामा चोट लागेको र शल्यक्रिया गर्नुपर्ने पुरानो मेडिकल कलेज भरतपुरले जनाएको छ ।

कारमा सवार तीन जना पनि बेपत्ता छन् । बेपत्ता हुनेमा कार चालक पोखरा–१७ का ६० वर्षीय प्रेम बहादुर भुजेल, सोही ठाउँका ५६ वर्षीय लेख बहादुर भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल रहेका छन् ।

त्रिशुली नदीमा खस्ने सवारी साधनहरु धेरैजसो भेटिने गरेका छैनन् । केही वर्ष पहिले पहिरोसंगै त्रिशुलीमा खसेको मुग्लिन प्रहरीको गाडी पनि अझै भेटिएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>