Breaking News

खैरहनी कांग्रेसको सभापतिमा गुणराज श्रेष्ठको उम्मेदवारी घोषणा

Banner

चितवन, असोज ७–

नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत हुने खैरहनी नगर समितिको सभापतिमा गुणराज श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् । नगर समितीको अधिबेशन यहि असोज ९ गते शनिबार हुँदैछ।

आफ्नो प्यानलको घोषणा गर्न बिहिबार आयोजित एक कार्यक्रममा श्रेष्ठले सभापतिमा उम्मेदवारी दिन लागेको बताए । सफल ब्यवसायिको छवि बनाएका श्रेष्ठले खैरहनी उद्योग बाणिज्य संघको अध्यक्षको कार्यकाल सफल रुपमा पार गरेका थिए । हाल बागमती प्रदेश उद्योग बाणिज्य संघको कोषाध्यक्ष समेत रहेका श्रेष्ठकै पालामा खैरहनी उद्योग बाणिज्य संघ भवन निर्माण भएको थियो । अब नेपाली काङ्ग्रेसलाई खैरहनीमा स्थापित गराउंदै आगामी स्थानीय तह लगायतको निर्वाचनमा पार्टीले नेतृत्व गर्न सक्ने बनाउने सो अवसरमा श्रेष्ठले प्रतिबद्धता जनाए ।

निर्वाचन जितेमा आफू पार्टीको नेतृत्वमा रहने तर स्थानीय तहको निर्वाचन लगायत अन्य निर्वाचनमा दाबी नगर्ने समेत श्रेष्ठले बताए । श्रेष्ठको प्यानलबाट उपसभापतिमा बिष्णु भक्त न्यौपाने र मुकुन्द प्रसाद चौधरी, सचिवमा खैरहनी २ का वडा अध्यक्ष समेत रहेका टिकादत्त इटनी र मेघनाथ सुवेदी , सहसचिवहरुमा अमृता उप्रेती र रामकृष्ण चौधरीले उम्मेदवारी दिने भएका छन् । घोषणा कार्यक्रममा हालै सम्पन्न वडा अधिबेशनबाट निर्वाचित ७ जना वडा सभापति सहभागी थिए । खैरहनीमा १३ वटा वडा छ ।

निर्वाचनमा २९२ प्रतिनिधिले मतदान गर्नेछन् । श्रेष्ठको भिडन्त वर्तमान सभापति शशी कुमार खनियासंग हुने भएको छ । खनियाँले पनि आजै (बिहीबार) एक कार्यक्रम गरि सभापतिमै लड्ने घोषणा गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>