Breaking News

खैरहनी कांग्रेसको सभापतिमा गुणराज श्रेष्ठको उम्मेदवारी घोषणा

०
Banner

चितवन, असोज ७–

नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत हुने खैरहनी नगर समितिको सभापतिमा गुणराज श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् । नगर समितीको अधिबेशन यहि असोज ९ गते शनिबार हुँदैछ।

आफ्नो प्यानलको घोषणा गर्न बिहिबार आयोजित एक कार्यक्रममा श्रेष्ठले सभापतिमा उम्मेदवारी दिन लागेको बताए । सफल ब्यवसायिको छवि बनाएका श्रेष्ठले खैरहनी उद्योग बाणिज्य संघको अध्यक्षको कार्यकाल सफल रुपमा पार गरेका थिए । हाल बागमती प्रदेश उद्योग बाणिज्य संघको कोषाध्यक्ष समेत रहेका श्रेष्ठकै पालामा खैरहनी उद्योग बाणिज्य संघ भवन निर्माण भएको थियो । अब नेपाली काङ्ग्रेसलाई खैरहनीमा स्थापित गराउंदै आगामी स्थानीय तह लगायतको निर्वाचनमा पार्टीले नेतृत्व गर्न सक्ने बनाउने सो अवसरमा श्रेष्ठले प्रतिबद्धता जनाए ।

निर्वाचन जितेमा आफू पार्टीको नेतृत्वमा रहने तर स्थानीय तहको निर्वाचन लगायत अन्य निर्वाचनमा दाबी नगर्ने समेत श्रेष्ठले बताए । श्रेष्ठको प्यानलबाट उपसभापतिमा बिष्णु भक्त न्यौपाने र मुकुन्द प्रसाद चौधरी, सचिवमा खैरहनी २ का वडा अध्यक्ष समेत रहेका टिकादत्त इटनी र मेघनाथ सुवेदी , सहसचिवहरुमा अमृता उप्रेती र रामकृष्ण चौधरीले उम्मेदवारी दिने भएका छन् । घोषणा कार्यक्रममा हालै सम्पन्न वडा अधिबेशनबाट निर्वाचित ७ जना वडा सभापति सहभागी थिए । खैरहनीमा १३ वटा वडा छ ।

निर्वाचनमा २९२ प्रतिनिधिले मतदान गर्नेछन् । श्रेष्ठको भिडन्त वर्तमान सभापति शशी कुमार खनियासंग हुने भएको छ । खनियाँले पनि आजै (बिहीबार) एक कार्यक्रम गरि सभापतिमै लड्ने घोषणा गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>