Breaking News

नेपालमा १४७८ कोरोना संक्रमित थपिए, १६३० संक्रमणमुक्त, छ जनाको मृत्यु

Banner

काठमाडौं, असोज ६-

पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ४७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

११हजार ७६ पीसीआर परीक्षण गर्दा एक हजार २५१ जना र दुई हजार ८६३ एन्टिजेन परीक्षण गर्दा २२७ गरी एक हजार ४७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने एक हजार ६३० जना निको भएका छन् । आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या सात लाख ८७ हजार ८२८ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ भने सात लाख ५५ हजार ६३० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार १३९ जना रहेका छन् । जसमध्ये १९ हजार ८०५ जना होम आइसोलेसनमा रहेका छन् भने एक हजार ३३४ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ३३४ जना आईसीयू र १९९ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २४३ जना क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै १० वर्ष मुनिका ३८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९८ जना कोरोना संक्रमित थपिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>