चितवन विशेष
मानव अधिकारको अवस्था सम्बन्धि जिल्ला स्तरीय कार्यदल गठन

चितवन, असोज ५–
चितवनमा दोस्रो चरणको कोभिड–१९ को सन्दर्भमा मानव अधिकारको अवस्था सम्बन्धि जिल्ला स्तरीय कार्यदल गठन गरिएको छ । भरतपुरमा आज (मंगलबार) भएको सरोकारवालाको भेलाले चितवन जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष रामकृष्ण अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।
कार्यदलका सहसंयोजकमा गैर सरकारी संस्था महासंघ, नेपाल चितवनका अध्यक्ष सुरेशकुमार अधिकारी, सचिवमा नेपाल पत्रकार महासंघ चितवन शाखाका सचिव दीपेन्द्र अधिकारी, सह–सचिवमा शिक्षाका लागि राष्ट्रिय अभियान, नेपालका चितवन संयोजक रामचन्द्र आचार्य, कोषाध्यक्षमा सचेतना परामर्श नेपालका प्रतिनिधि सूर्य बोहोरा, सह–कोषाध्यक्षमा सानो घर अनाथलय बालिका गृहकी अनिता नेपाली चयन भएका छन् ।
यस्तै कार्यदलको सदस्यहरुमा दियालो परिवारकी बाल हेल्पलाइन संयोजक माया श्रेष्ठ, नारायणी अनलाइनका प्रधानसम्पादक राजु चौधरी, जेष्ठ नागरिक संघका प्रतिनिधि केदार तिमल्सेना, अपांग एवंम पूर्व लडाकु खुमबहादुर लम्साल, आदर्श गृहकी मिना खरेल रहेका छन् । कार्यदलको सल्लाहकारमा निवर्तमान संयोजक कमलराज पाठक र निवर्तमान सचिव तीर्थ नेपाल रहेका छन् ।























