चितवन विशेष

प्राध्यापक तिमिल्सिना भन्छन्: रेनु र गंगाले प्रचण्डको प्रतिरक्षा गरेको देखेर दया लाग्छ

Banner

चितवन, असोज ५-

सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरका प्राध्यापक विनोदखण्ड तिमिल्सिनाले माओवादीमा कार्यकर्ता र समर्थक पंक्ति निष्क्रिय बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै तिमिल्सिनाले भनेका छन्, ‘ जब रेनु र गंगा अगाडि बढेर प्रचण्ड र सिताको सवालमा प्रतिरक्षा गर्छन्, अनि दया लाग्छ । के प्रतिरक्षाका लागि पारिवारिक वृत वाहेकका क्याडर भुत्ते भएका हुन् ? वा वेपर्वाहा छन् ?’

स्टाटसको बारेमा नारायणी अनलाइनसँग कुरा गर्दै प्राध्यापक तिमिल्सिनाले माओवादी केन्द्रभित्र प्रचण्डकै हाराहारीमा अन्य नेता तथा कार्यकर्ताहरु भएकोले उनीहरुले सीतालाई दिइएको मानपदवी गलत वा सही के हो भन्नुपर्ने विचार राखे । परिवारकै सदस्यहरुले प्रतिरक्षा गर्ने अवस्थामा पार्टी पुग्न नहुने उनको विचार थियो । उनले यस्ता मानपदवी सरकारमा जो छ उसकै निकटका मानिसहरुलाई बाड्ने गरेको इतिहास रहेको भन्दै यसअघि पनि राष्ट्रपतिको छोरीहरुलाई बाडिएको बताए । यस्तो पदवी दिने काम गलत हो भने पार्टीका नेताहरुले यसलाई रोक्नुपर्दथ्यो तर नसकेको उनको भनाइ थियो । मानवअधिकार र अन्तर्राष्ट्रिय सम्बन्धमा विशेष दख्खल राख्ने प्राध्यापक तिमिल्सिना माओवादी केन्द्र निकट प्राध्यापक हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>