Breaking News

विद्यार्थीको मागलाई अटेर गर्दै एनपिआई : चर्को शुल्कको निर्णय अझै फिर्ता गरेन, आन्दोलन झन् चर्किदै (भिडियोसहित)

  • Logo
    app haru
  • ४ आश्विन २०७८, सोमबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, असोज ४ –
चितवनको भरतपुरमा रहेको नेपाल पोलिटेक्निक कलेजले अनलाइन कक्षाको नाममा चर्काे शुल्क मागेको भन्दै विद्यार्थीहरु आन्दोलन गरिरहेका छन् । उनीहरुले विगत एक हप्ता अघिदेखि विद्यालयमा दैनिक जसो नाराबाजी गरिरहेको छन् । उनीहरुले कलेज प्रशासनमा तालाबन्दी समेत गरेका छन् ।

कोरोना महामारीका समयमा सञ्चालित अनलाइन कक्षामा पनि कलेजले चर्काे शुल्क मागेपछि विद्यार्थीहरुले शुल्क तिर्न अस्वीकार गरिरहेका छन् । ५/७ प्रतिशत विद्यार्थीहरुले चर्काे शुल्क बुझाए पनि अन्य विद्यार्थीहरुले बुझाउन अस्वीकार गरेको विद्यार्थीहरुले बताएका छन् गत हप्ता उनीहरुले विद्यालयका कुर्सीहरु बाहिर निकालेर आगजनी गरेका थिए ।

एकदिन उनीहरुले विद्यालयमा नाचगान गरेर समेत विरोध जनाएका थिए । आज भने उनीहरुले सडकमा नाराबाजी गरेका छन् । भरतपुर ११ को भोजाडमा रहेको कलेजबाट उनीहरुले भरतपुर–१० मा रहेको कलेजको प्रशासन भवनसम्म सडकमा नाराबाजी गर्दै प्रदर्शन गरेका हन् ।

प्रदर्शनमा विद्यार्थीहरुले कलेज तेरो पाराले दुःख पाए साराले, शैक्षिक माफिया होशियार, लुटतन्त्र बन्द गर, कलेज प्रशासन मुर्दाबाद, लुटतन्त्र बन्द गर, शिक्षाको व्यापार बन्द गर, विद्यार्थीको माग पूरा गर लगायतका नारा लगाएका थिए ।

प्रदर्शनमा सहभागी एक विद्यार्थीले कलेजलाई २५ प्रतिशत शुल्क छुट गर्न आग्रह गर्दा पनि अटेर गरेको बताए । ‘एउटा सेमेष्टरको १ लाख बुझाउनुपर्छ । ६ महिनामा । हामीले त्यसमा २५ प्रतिशत छुटको माग गरेको हो’ उनले भने, ‘परीक्षाको फर्म यही असोज १० गतेसम्मको मिति छ । तर कलेजले अझै माग पूरा गरेको छैन ।’

कृषि र भेटेनरी दुबै संकायका सबै सेमेष्टर परीक्षा फर्म खुलेको उनले बताए । तालाबन्दी गरेपछि बीचबीचमा वार्ता बसे पनि सफल हुन नसकेको विद्यार्थीको भनाइ छ ।

प्रदर्शनमा सहभागी अर्का विद्यार्थीले भने, ‘कलेजले विभिन्न सेमेष्टरको अनलाइन पढाइ गरेको थियो । कलेजले निःशुल्क जुम प्रयोग गरेर विद्यार्थीलाई ४० मिनेट मात्रै पढायो । त्यसमा पनि शिक्षक १० मिनेट पछि आउने र १० मिनेट छिटो जाने गर्थे । अनलाइनको नाममा ठगी भयो । राम्रोसँग पढाई भएन । तर पनि शुल्क पूरै लिन खोजेको छ ।’

अनलाइन पढाइ हुँदा पनि कलेजले ट्युसन् शुल्क र अन्य शुल्क भन्दै ६०/४० मा विभाजन गरेर टिउसन शुल्कमा १० प्रतिशत छुट दिएको भन्दै विद्यार्थीलाई उल्लु बनाइरहेको ती विद्यार्थीले बताए ।

‘पाँचौ सेमेष्टरमा १ लाख शुल्क बुझाउँदा ६ हजारमात्र छुट भयो,’ अर्का विद्यार्थीले भने, ‘हामीलाई अनलाइन पढाएको नाममा लाखौं रुपैयाँ असुल्न पाइँदैन । हाम्रो आन्दोलन त्यसैको लागि हो ।’

गतवर्ष पनि कलेजमा यस्तै आन्दोलन भएको थियो । ‘गतवर्ष आन्दोलन गरेपछि छुट दिने भनेको थियो । तर कलेजले केही विद्यार्थीलाई प्रभावित ग¥यो । छुट दिएन’ ती विद्यार्थीले भने ।

पोलिटेक्निक कलेजले कृषि अध्ययनरत प्रति विद्यार्थीबाट एकमुष्ट १० देखि ११ लाख र भेटेनरी अध्ययनरत विद्यार्थीबाट १४ देखि १५ लाख रुपैयाँ लिने गरेको छ ।

कलेजका प्रशासकीय अधिकृत शिव सुवेदीले विद्यार्थीलाई ट्युसन् शुल्कमा १० प्रतिशत छुट दिएको भए पनि उनीहरुले अझै छुट खोजेको बताए । उनले अनलाइन कक्षा ५० मिनेट नै हुने गरेको दाबी गर्दै विद्यार्थी आफै लापरवाही गरेर सहभागी नहुने गरेको बताए । उनले सामान्य शुल्क लिने अन्य शैक्षिक संस्थाहरुसँग एनपिआइलाई दाँज्दै कोभिड– १९ को समयमा अरुले पनि शुल्क लिइरहेकाले आफूहरुले पनि शुल्क मागेको बताए ।

पोलिटेक्निक कलेज र पूर्वाञ्चल विश्वविद्यालयको अर्काे लापरबाही :

उक्त पोलिटेक्निक कलेज र पूर्वाञ्चल विश्वविद्यालयले विद्यार्थीहरुलाई अनलाइन कक्षा लिँदा परीक्षामा सहभागी भएका केही विद्यार्थीहरुको मार्कसिटमा ‘अब्सेन्ट’ अर्थात इन्कम्प्लिट ‘आई’ लेखिएको भन्दै विद्यार्थीहरुले अर्काेतर्फ विरोध गरिरहेका छन् । त्यस सम्बन्धी समाचार यसअघि प्रसारण भइसकेको छ ।

उक्त समाचार हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :

चितवनको पोलिटेक्निक कलेज र पूर्वाञ्चल युनिभर्सिटीको चरम लापरबाही : परीक्षा दिएका विद्यार्थीको मार्कसिटमा ‘अब्सेन्ट’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>