होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • चितवनको पोलिटेक्निक कलेजले लकडाउनको समेत शुल्क असुल्यो, विद्यार्थी आन्दोलित

चितवनको पोलिटेक्निक कलेजले लकडाउनको समेत शुल्क असुल्यो, विद्यार्थी आन्दोलित

चितवन,फागुन १४-

चितवनको भरतपुर ११ मा रहेको नेपाल पोलिटेक्निक कलेजले कोरोना (कोभिड १९) संक्रमणका कारण देशभर लागु गरिएको लकडाउनको समयको समेत शुल्क असुलेको छ । प्राविधिक शिक्षाका नाममा चर्को शुल्क लिँदै आएको पोलिटेक्निक कलेजले लकडाउनको समयको पनि शुल्क नछाडेको हो ।

कलेजले लकडाउनको समय अवधिको एक रुपैयाँपनि पैसा नघटाएपछि भेटेनरी र कृषि संकायका विद्यार्थी आन्दोलित भएका छन । उनिहरुले आज (शुक्रबार) कलेज अगाडि नाराबाजी सहित प्रदर्शन गरेका छन । सो अवसरमा विद्यार्थीहरुले कलेज प्रशासन विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

केहीबेर कलेज परिसरमै सडकमा सुतेर उनिहरुले विरोध गरेका थिए । विद्यार्थीहरुले ११ गतेदेखि चरणबद्ध आन्दोलन गरिरहेका छन । विद्यार्थी आन्दोलनको संयोजन गरिरहेका भेटेनरी संकाय १० औं सेमेष्टरमा अध्यनरत विद्यार्थी सरोज ओझाले कलेजले कोभिडको समयको पनि शुल्क लिएकाले आन्दोलन गर्नुपरेको बताए । उनले भने,‘लकडाउनमा घरबेटीले भाडा छुट गरेका छन तर कलेजले भने चर्को शुल्क असुल्यो ।’ कलेजले अनलाइन मार्फत अध्ययन गराएको भन्दै शुल्क लिएको विद्यार्थीको आरोप छ ।

विद्यार्थीले कोभिडको समय अवधिको २५ प्रतिशतका दरले सेमेष्टर छुट दिनुपर्ने माग गरेका छन । कलेजका माग राख्न खोज्दा कलेजका प्रिन्सिपल बाबुराम उपाध्यायले भेट्न समेत नखोजेको विद्यार्थीले आरोप लगाएका छन ।

कलेजका प्रिन्सिपल उपाध्यायले भने विश्वविद्यालयले निर्देशन नदिएकाले आफुहरुले शुल्क लिएको बताए । उनले भने, ‘हामीले मात्र होइन अन्य कलेजले पनि शुल्क लिइरहेका छन, यसमा अन्यथा लिनुपर्ने केही छैन ।’ उनले कलेजले लिने शुल्कको विषयमा आफुलाई जानकारी नभएको नारायणी अनलाइनलाई बताए । ‘म कलेजमा कहिलेकाँही देखिने हो, विद्यार्थीले पनि मलाई चिन्दैनन, कति शुल्क लिइन्छ, त्यो पनि मलाई थाहा छैन’,उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका