Breaking News

थप १,०९५ जनामा संक्रमण पुष्टि, ८ को मृत्य, २,९५७ संक्रमणमुक्त

Banner

काठमाडौं , असोज ४-

पछिल्लो २४ घण्टामा १०९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९५७ जना संक्रमणमुक्त भएका छन् । यो संख्या पछिल्लो २४ घण्टामा देखिएका संक्रमितको संख्याको दोब्बर भन्दा बढी हो । त्यस्तै कोरोना संक्रमणका कारण ८ जनाको मृत्य भएको छ ।

त्यस्तै आज १० हजार ७८६ पीसीआर परीक्षण गर्दा ९७५ जना र ३०३१ एन्टिजेन परीक्षण गर्दा १२० जना गरी जम्मा १०९५ जनामा संक्रमण पुष्टि भएको छ ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८५ हजार ५४१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ भने ७ लाख ५२ हजार १७० जना संक्रमणमुक्त भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ रहेको छ । जसमध्ये २० हजार ८९१ जना होम आइसोलेसनमा र १४३२ जना संस्थागत आइसोलेसनमा छन्। कोरोनाका बिरामीमध्ये ३७१ जना आईसीयू र १०८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७८ जना कोरोना संक्रमित थपिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>