Breaking News
चितवनमा विशेष योगदान गरेको भन्दै प्रचण्ड पत्नी सीतासहित ६ जनालाई संविधान दिवसमा पदक

चितवन, असोज ३-
संविधान दिवसको अवसरमा चितवनमा रहेर विभिन्न क्षेत्रमा योगदान गरेका छ जना राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित हुने भएका छन् ।
शिक्षा, राजनीति, समाजसेवा, व्यवसायलगायतको क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै देशभरका ९०३ को सुचीमा उनीहरुको नाम पनि विभूषित हुनेमा उल्लेख गरिएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल राजनीतिक अभियन्ताबाट विभूषित हुने भएकी छन् । प्रचण्ड चितवनको क्षेत्र नम्बर ३ बाट संघीय संसदमा निर्वाचित जनप्रतिनिधि भएकोले सुचीमा सीताको ठेगाना चितवन लेखिएको छ ।
यस्तै, चितवनका राजनीतिकर्मी स्व. धर्मध्वज गुरुङ, व्यवसायी भेषराज दुवाडी, नारायणी नमुना माविका प्रअ पूर्णप्रसाद दवाडी विभूषित हुने भएका छन् । समाजसेवी गोविन्दप्रसाद तिवारी र भरतपुर महानगरपालिका–२ का उद्योगी व्यवसायी गोकुल भण्डारीसहित विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत रहेका ६ जना स्वास्थ्यकर्मीहरु पनि विभूषित हुनेको सुचीमा छन् । कालिबहादुर गण भरतपुरका प्युठ सन्तोष गुरुङ पनि विभूषित हुनेको सुचीमा छन् ।
























