अर्थ

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा गिरावट

Banner

काठमाडौं, असोज ३-

आज साताको पहिलो दिन सुनको मूल्यमा स्थिर कायम भएको छ ।

आज शुक्रबारकै मूल्यमा सुनको कारोबार हुने भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै आज चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ६५० रुपैयाँ रहेको छ । आज सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले गिरावट आएको छ ।

गत साताको शुक्रबार प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला १ हजार १५० रुपैयाँमा कारोकार भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>