Breaking News

भरतपुर २१ नम्बर वडाले भन्योः अध्यक्ष अधिकारीमाथि लागेको भ्रष्टचारको आरोप झुटो हो

Banner

चितवन, असोज २-

भरतपुर महानगरपालिका वडा नम्बर २१ का अध्यक्ष चित्रसेन अधिकारीमाथि लागेको भष्ट्रचारको आरोप झुटो भएको वडा कार्यालय र कांग्रेसले दाबी गरेको छ ।
२१ नम्बर कार्यालय र नेपाली कांग्रेस वडा समितिले वडा अध्यक्ष अधिकारीमाथि लागेको आरोप झुटो भएको भन्दै खण्डन गरेको हो । केही अनलाइन माध्यमहरुले अधिकारीमाथि भ्रष्टचारको आरोपमा अख्तियारको निगरानीमा भन्ने समाचार प्रसारण गरेका थिए ।

भरतपुर २१ नम्बर वडा कार्यालयले शुक्रबार एक विज्ञप्ति प्रेषित गर्दै वडास्तरीय योजना अन्तर्गत कञ्चन टोलको दुर्गाबहादुर भट्टराईको घरदेखि गणेश मन्दिर र गोपाल सापकोटाको घर हुँदै मगर समाजको भवनसम्म जाने बाटोमा ग्राभेल गरी स्तरोन्नती गर्दा वडा अध्यक्ष अधिकारी र उनका छोरा विवेकसेन अधिकारीबाट आर्थिक अनियमितता भएको भन्ने समाचारको खण्डन गरेको छ । विज्ञप्तिमा अधिकारीमाथि लागेको अनियमितताको आरोपमा कुनै सत्यता नभएको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सो योजना सम्पन्न गर्न नियम अनुसार उपभोक्ता समूह गठन भएर प्रचलित कानुन र आर्थिक नियमभित्रको परिधिभित्र रही सम्पन्न भएको हो । एक इमान्दार जनप्रतिनिधिको चरित्र हत्या गर्ने बदनियतका साथ सम्प्रेषित समाचारमा कुनै सत्यता छैन ।’

त्यसैगरी नेपाली कांग्रेस भरतपुर महानगरपालिका वडा नम्बर २१ वडा समितिले पनि आज एक विज्ञप्ति प्रेषित गर्दै वडा अध्यक्षमाथि लागेको आरोपको खण्डन गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । विज्ञप्तिमा सत्य नबुझी व्यक्तिको चरित्र हत्या गर्न उद्धत भएको भन्दै यस्ता मिडियाहरुलाई कारबाहीको माग पनि गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी सभ्य र भष्ट्रचारमुक्त वडा बनाउन सचेत छौं र सधै खवरदारी गरिरहने छौं । यस्ता विकास विरोधी र विनासको बाटो समाएका मिडियाप्रति सबै सचेत हुन नागरिकलाई आव्हान गर्दछौं ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>