Breaking News

चितवनमा थपिए ४६ संक्रमित, १ जनाको मृत्यु

Banner

चितवन, असोज १-
चितवनमा पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार यससँगै चितवनमा सक्रिय संक्रमितको संख्या ६५५ पुगेको छ । जसमध्ये होम आइसोलेसनमा ६२६ जना र अस्पतालको आइसोलेसनमा २९ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ जना संक्रमितले ज्यान गुमाएका छन् । भरतपुर अस्पतालमा चितवनका एक संक्रमितको मृत्यु भएको हो । यसँगै चितवनमा ४०९ जना संक्रमितको ज्यान गएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालबाट पाँच जना संक्रमित निको भएर घर फर्किएका छन् ।

चितवनका विभिन्न अस्पतालमा ४५ जना कोरोनाका बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा १६ जना, भेन्टिलेटरमा एक जना, एचडीयूमा १६ जना र सामान्य बेडमा १३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा भरतपुर महानगरपालिकाका ३३ जना, खैरानीका दुई जना ,माडीका ६ जना, रत्ननगर नगरपालिकाका ४ जना र कालिका नगरपालिकाका १ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>