Breaking News

दशैं तिहारलाई लक्षित गर्दै देशका विभिन्न स्थानमा सहुलियत पसल सञ्चालन

Banner

काठमाडौं, असोज १-

दशैं/तिहारलाई लक्षित गर्दै सरकारले देशका विभिन्न स्थानमा सहुलियत पसल सञ्चालन गरेको छ ।

आजदेखी खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले देशका ८५ स्थानमा पसल सञ्चालनमा ल्याएको हो । सुपथ मूल्यका पसलमा अन्यत्रका पसलमा भन्दा कम मूल्यमा सामान किन्न पाइनेछ। त्यस्तै उक्त पसलमा सामान खरिद गर्दा उपभोक्ताले प्रतिकेजी दुई रूपैयाँदेखि १० रूपैयाँसम्म छुट पाउने छन् ।

सहुलियत पसलमा उपभोक्ताले दाल, चामल, चिनी, नून र खानेतेल लगायतका वस्तु किन्न पाइने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयकी उपसचिव उर्मिला केसीले विगत वर्षमा जस्तै यो वर्ष पनि सहुलियत पसल सञ्चालन गर्न लागेको बताइन् । उनले दशैँदेखि छठसम्मको अवधिमा उपत्यकासहित देशभर सहुलियत पसल सञ्चालन हुने बताइन् । त्यस्तै सुपथ मूल्यका पसल कात्तिक २४ गतेसम्म सञ्चालन गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मी बताउँ छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>