Breaking News

जनकपुरमा निजी मेडिकलमा छ थान कोरोना खोप भेटियो, एक जना प्रहरीको नियन्त्रणमा

Banner

जनकपुरधाम, भदौं ३१-

धनुषाको शहीदनगरको एक स्वास्थ्य केन्द्रका कर्मचारीहरूले कोरोनाविरुद्धको खोप निजी मेडिकल पसललाई विक्री गरेको पाइएको छ ।
बिहीबार नगरपालिकाको अनुगमनका क्रममा शहीदनगर–३ मा रहेको यदुकुहाका प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारीहरूले नजिकैको मेडिकलमा कोरोनाविरुद्धको खोप बेचेको पाइएको नगरप्रमुख उदय बरबरियाले जानकारी दिए ।

उनकाअनुसार उनीहरूले स्वास्थ्यकेन्द्र अगाडिको श्रीराम मेडिकलमा सरकारले पठाएको खोप भेटिएको छ । उनले कोरोनाविरुद्धको ६ थान भ्याक्सिन फेला परेको बताए । जसमा भेरोसेल ४ थान, जोन्सन एन्ड जोन्सन १ थान र स्ट्राजेनेका १ थान रहेको छ ।

स्वास्थ्य केन्द्रकै कर्मारीको सूचनाका आधारमा नगरपालिकाको सुशासन समितिले अनुगमन गर्दा मेडिकलमा खोप भेटिएको हो । प्रहरीले मेडिकल सञ्चालक कमलेश मण्डललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले पनि नगरपालिकालाई पठाएको खोप मेडिकल पसलमा फेला परेको पुष्टि गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>